तेस्रो शुक्लागण्डकी महोत्सव २०८० को खेलकुद अन्तरगतको आज ब्याडमिन्टन खेलको उद्धघाटन भएको छ । उक्त कार्यक्रमको समापतिमा तेस्रो शुक्ला गण्डकी महोत्सवको खेलकुद संयोजक अमृत घिमिरे ले गर्नुभएको थियो भने प्रमुख अतिथीमा तेस्रो शुक्लागण्डकी महोत्सव २०८० का मुल संयोजक श्री विमल प्रसाद रिमाल ज्यु हुनुहुन्थ्यो । विशिष्ट अतिथिमा शुक्लागण्डकी ब्याडमिन्टन अध्यक्ष तथा ब्यवस्थापन समितीका संयोजक श्री बोम बहादुर गमल, नेपाल पुलिस स्कूल क्याम्प कमान्डेड डि.बी. बोहरा, क्याः पदम बहादुर आले साथै शुक्लागण्डकी नगरपालिका सेपाक ताक्रो संघका अध्यक्ष श्याम बहादुर श्रेष्ठ, उहाँ तनहुँ जिल्ला माध्यामिक विद्यालय स्तरीय सेपाकताक्रो खेलको अध्यक्षता गर्नुभएको थियो । त्यसैगरेर स्वागत मन्तव्य श्री बोम बहादुर गमल बाट भएको थियो भने कार्यक्रमको उद्धघाटन विमल प्रसाद रिमालको बाहुलीबाट रेफ्रि देव गुरुङ्गलाइ कक हस्तान्तरण गरेर उद्धघाटन गर्नुभएको थियो
त्यस्तै गरेर यस ब्याडमिन्टन खेलको अफिसियल निम्नानुसार रहेको छ ।
१. देव गुरुङ्ग
२. अमृत राना
३. धन बहादुर दर्जी रहनुभएका छन भने
सिनियर एडमाइजर श्याम श्रेष्ठ हुनुहुन्थ्यो ।
पर्सि देखि सेपाकताक्रो खेलको उद्धघाटन हुने कुरा सेपाकताक्रो संघका अध्यक्ष श्याम बहादुर श्रेष्ठले बताउनुभएको थियो भलिबल अन्तरगतको आज दोस्रो दिन पहिलो म्याच भिमाद नगरपालिका को विरुद्धमा रुपा गाँउपालिका खेलेको थियो भने उक्त खेलमा भिमाद नगरपालिकालाई सोझो सेटमा पराजय गराएको छ । पुरा भिडियो भने दोस्रो म्याच मा विरुवा गाँउपालिकाको विरुद्धमा शुक्लागण्डकी नगरपालिका B खेलेको थियो उक्त खेलमा विरुवा गाँउपालिकाले पनि सोझो सेटमा शुक्लागण्डकी B लाई पराजय गरेको छ । पुरा भिडियो भोलिको खेल पहिलो म्याच गलकोट नगरपालिकाको विरुद्धमा माछापुच्छे नगरपालिका, दोस्रो म्याच बौदिकाली गाउँपालिकाको विरुद्धमा घिरिङ्ग गाँउपालिका र तेस्रो म्याच शुक्लागण्डकी A को विरुद्धमा ऋषिङ्ग गाँउपालिका खेल्नेछ ।